logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थपिए ४० जना कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

चितवनमा थप  ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनकै  थप २० जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् ।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ ।