logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको भ्याक्सिनमा खेलाँची नगर : डब्लुएचओ


अंकुरण खबर
1.027K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ ।

डब्लुएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनिन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन् । तर, यो कुनै खेलाँची गर्ने विषय होइन ।’

डब्लुएचओका अनुसार अहिले विश्वभर ३३ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ । त्यसैगरी १४३ वटा भ्याक्सिन प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् ।

डब्लुएचओले बिना पर्याप्त व्यवस्थापन थुप्रै देशले लकडाउन हटाएको भन्दै चिन्ता व्यक्त गरेको छ । उसले चेतावनी दिँदै भनेको छ, ‘जुन देशमा नयाँ संक्रमित उल्लेख्य रुपमा देखिएका छन्, ती देशले पनि मानिसहरुलाई भेला हुन इजाजत दिइरहेका छन् । सामाजिक दूरीको पालना भइरहेको छैन । यो भनेको विध्वंशलाई निम्ता दिनु हो ।’

डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन् । कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ ।