logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 काठमाडौं उपत्यकाका सीडीओ निषेधाज्ञाको थप निर्णयबाट पछि हट्दै


अंकुरण खबर
1.092K
Shares

भदौं ३ गते मध्यरातदेखि काठमाडौं उपत्यका जारी गरि दोस्रो पटक थप गरिएको निषेधाज्ञा भोलि(बुधवार) मध्यरातदेखि सकिँदैछ ।

कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको भन्दै विज्ञ र उपत्यकाका नगरपालिकाका मेयरहरुको सुझावपछि काठमाडौं, भक्तपुर र ललितपुरको स्थानीय प्रशासनले निषेध जारी गरेको थियो ।

निषेध जारी भएपनि उपत्यकामा कोरोना संक्रमण घट्दो अवस्थामा देखिएको छैन । भदौं एक गतेयता हिजो सम्म उपत्यकामा २ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । कोरोनाको संक्रमण समुदाय स्तरमा फैलन नदिन भन्दै निषेध जारी गरिएको भएपनि त्यसको प्रभाव भने खासै देखिएको छैन ।

संक्रमितको संख्यामा कमी नआएका कारण निषेधाज्ञालाई जारी राख्ने वा नराख्ने बारे निर्णय गर्ने अधिकार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले गृहमन्त्रालयलाई जिम्मा लागाउने तयारी गरेका छन् ।

निषेधलाई थप गरिएपनि स्रक्रमितको संख्यामा कमी नआएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यसको निर्णय गृह मन्त्रायबाट गराउन चाहेका हुन् ।

मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका हुन् ।

तीन वटै जिल्ला प्रशासन कार्र्यालयले आफ्ना क्षेत्रका स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसँग निषेधलाई जारी राख्ने वा नराख्ने बारे लिखित सुझाव लिएका छन् । अधिकांश स्थानीय तहले संक्रमणको जोखिम कायम रहेको भन्दै निषेधलाई जारी राख्न जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् ।

अब काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले स्थानीय तहसहित सरोकारवाला निकायबााट प्राप्त सुझावका आधारमा रायसहितको प्रस्ताव गृह मन्त्रालय पठाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।