logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ९ सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
767
Shares

सोमबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलाको ९७ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ९०० कायम भएको छ ।  आज चाँदी मूल्य पनि तोलामा ३० रुपैयाले बढेर प्रतितोला एक हजार ३९५ मा कायम भएको छ ।