logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा एकै परिवारका १० सहित १५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
884
Shares

रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत भदौ ६ गते कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् भने पाँच जना सोही घरमा काम गर्ने कामदार रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनिवास चौधरीले जानकारी दिए ।