बुटवलको इलाका प्रहरी कार्यालयमा कार्यरत थप ११ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । योसंगै ईलाका प्रहरी कार्यालय बुटवलमा संक्रमित प्रहरीको संख्या १५ पुगेको छ ।
यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालय प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलमा डेढ सय जना प्रहरी कर्मचारी कार्यरत छन् ।