केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको मृत्यु भएको छ ।
सोमबार राती एक जना र मंगलबार बिहान तीन जना कैदीको मृत्यु भएको हो । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कंचनपुर भीमदत्त नगरपालिका–६ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा १४ गते कोरोना पुष्टि भएको थियो ।
कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले अन्य तीन जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकहरु क्रमशः ५८, ६० र ६४ वर्षीय पुरुष रहेका छन् ।
मृतकहरु बझाङ र सिरहा घर भएका कैदी छन् । बझाङ घर भएका कैदीको भदौ ५ गते परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।
अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।