logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा एक हप्ता लकडाउन थप्ने तयारी


अंकुरण खबर
1.04K
Shares

भदौं ३ गते मध्यरातदेखि काठमाडौं उपत्यका जारी गरि दोस्रो पटक थप गरिएको निषेधाज्ञा भोलि (बुधवार) मध्यरातदेखि सकिँदैछ ।

कोरोना भाइरसको संक्रमण बढिरहेकाले काठमाडौं उपत्यकामा पुनः एक हप्ता लकडाउन थप्ने तयारी भएको हो । पुनः एक हप्ता लकडाउन थपेर आवश्यक तयारी गर्ने स्रोतले जानकारी दिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने जानकारी दिए । उनले कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले लकडाउन थप्न सकिने संकेत गरेका छन् ।

सिडिओ भट्टका अनुसार सीसीएमसीको बैठक बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर लकडाउन थप्नेरनथप्नेबारे निर्णय गर्नेछ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउनले आर्थिक क्षेत्र ठप्प रहेकाले केही खुकुलो बनाउनुपर्ने आवाज उठे पनि संक्रमणको अवस्था हेर्दा उक्त सम्भावना नरहेको बताए ।

‘लामो समयदेखिको लकडाउनले आर्थिक क्षेत्र ठप्प छ केही खुकुलो बनाउनुपर्छ भनेर माग भइरहेको छ । यस विषयमा गृह मन्त्रालयमा छलफलमा नै छ’, प्रवक्ता बुढाले भने, ‘खुकुलो पार्दा संक्रमणको जोखिम बढ्ने भएकाले हामी आवश्यकता सर्तकतासहित काम गर्नुपर्ने हुन्छ ।’

बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप गर्ने निर्णय गर्नेछ ।