logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको हो । डडेलधुरा अस्पतालका अनुसार संक्रमण देखिएकाहरु बैतडी, अछाम, बझाङ र डडेल्धुराका बासिन्दा हुन् ।

गत २४ घन्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएका पाँच सय ३५ नमुनामध्ये ५६ जनामा कोरोना देखिएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भूषालले बताए।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका दुई, अछामको पञ्चदेवल नगरपालिकाका पाँच ,बैतडीको पुर्चौडी नगरपालिका एक, मेलौली नगरपालिका दुई र शिगास गाउँपालिकाका आठ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बझाङको वित्थडचिर गाउँपालिकाका दुई, बुङल नगरपालिकामा १४, छत्तिसपाथीभरा गाउँपालिका दुई, केदारस्यूँ गाउँपालिका १६ र थलारा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।