काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ६ हजार १८६ पुगेको छ । यीमध्ये काठमाडौंका ४ हजार ८२६, ललितपुरका ७५६ जना र भक्तपुरका ५२५ जना छन् ।