logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ  ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको हो । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा एक संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका ६ का ७८ बर्षीय बृद्धको मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएसँगै उनको सोमबार विहान मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना पुष्टि भएसँगै भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो ।

यता पर्सामा पनि थप तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज २० हरपतगंजका ५३ वर्षीय पुरुष, बारा जिल्लाको कोल्भी घर भएका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिकाको सडकमा बस्दै आएका ६० बर्षका पुरुष रहेका छन् ।

त्यसैगरी महोत्तरीमा बालिकासहित २ जनाको मृत्यु भएको छ । त्यसैगरी सिरहा र मकवानपुर लगायत एक-एक जनाको मृत्यु भएको छ । यता, काठमाडौंमा पनि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।