डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीमा रहेको पीसीआर प्रयोगशालामा मंगलबार ७७ जनामा गरिएको कोरोना परीक्षणमा २१ सैनिकसहित सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दिपायल सिलगढी नगरपालिका–४ को सुल्लेखमा रहेको सुदूरपश्चिम पृतनाका २१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै डोटीकै शिखर नगरपालिका–१ का २ जना र केआईसिंह गाउँपालिकाका १ का १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि जिल्ला अस्पतालले जनाएको छ ।
त्यस्तै सोही प्रयोशालामा अछामको बान्नीगढी जयगढ–१ का १ जना पुरुष, वडा नं. ३ का २ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष सहित कूल ७ जनामा संक्रमण देखिएको अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठले विज्ञप्तिमार्फत् जानकारी दिए ।
संक्रमण देखिएका २१ जना सैनिक सुल्लेखमा रहेको ब्यारेकका भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।