logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा १४४ कोरोना संक्रमितको उपचार हुँदै


अंकुरण खबर
936
Shares

कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ७५ जना आइसियु र  १४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ४ जना आइसियुमा रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २९, प्रदेश ५ मा १३ आइसियु, ३ जना भेन्टिलेटरमा, र  गण्डकी प्रदेशमा ६ संक्रमित आइसियुमा उपचाररत रहेका छन्।