logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत् रहेका जिल्लाहरु


अंकुरण खबर
1.014K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सबैभन्दा बढी काठमाडौँमा ३९३ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार नेपालमा ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला १२ वटा रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा, बारा, मोहत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर रहेका छन् ।

संक्रमित शून्य रहेकामा हुम्ला, मुस्ताङ, सोलुखुम्बु, डोल्पा र मुगु जिल्ला हुन् ।