logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालका १३ जना स्वास्थ्यकर्मी सहित ७१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
962
Shares

नेपालकै पहिलो सुविधा सम्पन्न सरकारी वीर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिएका छन् । डा. सेन्चुरीका अनुसार बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द हुनेछ ।

वीरको ल्याब, फार्मेसी लगायतका विभागमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्नका लागि सेवा बन्द गर्ने निर्णयमा पुगेको हो । वीरका १३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।