logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थपिए ३५ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

चितवनमा मंगलबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुरमा १६ पुरुष र १० महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् ।

उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।