logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुन तोलामा १ हजार २०० रुपैयाँले घट्यो


अंकुरण खबर
923
Shares

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।

मंगलबारको तुलनामा छापावाला सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर आज (बुधबार) प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १३६५ रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।