बागलुङमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वार्षिय अशोक बुढाको चट्याङले लागेर मृत्यु भएको हो ।
मंगलबार साँझ पसलवाट सामान खरिद गरी फर्कने क्रममा घर नजिकै अबिरल वर्षासँगै परेको चट्याङ लागेर बेहोस भई लडिरेहेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।