logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु


अंकुरण खबर
1.092K
Shares

बागलुङमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वार्षिय अशोक बुढाको चट्याङले लागेर मृत्यु भएको हो ।

मंगलबार साँझ पसलवाट सामान खरिद गरी फर्कने क्रममा घर नजिकै अबिरल वर्षासँगै परेको चट्याङ लागेर बेहोस भई लडिरेहेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।