धनुषामा एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।
उनको उपचारमा संलग्न अस्पतालका सञ्चालक चिकित्सक डा. सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
जन्मिएकामध्ये तीन शिशु स्वस्थ छन् । एकको अवस्था अस्थिर छ । शिशुको काव्या अस्पतालमै उपचार भैरहेको छ ।
अस्पतालका सञ्चालक डा. सिंहका अनुसार अरमानामा ज्वारो र श्वासप्रश्वासको समस्या देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव संकलन गरि परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि सुत्केरीलाई आईसीयूमा भर्ना गरिएको डा. सिंहले बताए ।