logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्ती नदीको किनारमा महिलाको बेवारिशे शव


अंकुरण खबर
1.326K
Shares

दाङ देउखुरीको राप्ती नदीमा एक महिलाको बेवारिशे महिलाको शव फेला परेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ को राप्ती नदी कटाहाघाटमा करीव ४५ वर्षीया एक महिलाको शव फेला परेको हो ।

बुधबार बिहान ८ बजे स्थानीयले राप्ती नदीको किनारमा बगाएर ल्याएको दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पहिचान हुन नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । शवको अहिलेसम्म शनाखत हुन सकेको छैन् । शवलाई पोष्टमार्टमको लागि राखिएको छ ।