logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा भदौ २४ गतेसम्म लम्बियो लकडाउन


अंकुरण खबर
1.326K
Shares

अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजे सम्मका लागि लकडाउनको समय अवधि थपिएको छ ।

आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले भदौ २४ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

आज राति १२ बजेसम्मको लागि यसअघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए ।

तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।