logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा निषेधाज्ञाले भएन, १५ दिन कर्फ्यू लगाउन मेयर फोरमको सुझाव


अंकुरण खबर
1.131K
Shares

उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएको छ ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको जानकारी दिएका हुन् ।

श्रेष्ठले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड-१९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

अहिले १५ दिन सम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको फोरमको सुझाव छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने निस्कर्ष फोरमले निकालेको छ । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ सचेत रहेको फोरमले जनाएको छ ।

भदौं ३ गते मध्यरातदेखि काठमाडौं उपत्यका जारी गरि दोस्रो पटक थप गरिएको निषेधाज्ञा आज (बुधवार) मध्यरातदेखि सकिँदैछ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।