logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौँको शंखमूलबाट आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


अंकुरण खबर
949
Shares

प्रहरीले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति शंखमूलबाट पक्राउ परेको हो ।

पीडित बालिकाकी आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ती पुरुषलाई हिरातमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।