logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ


अंकुरण खबर
728
Shares

जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले को ३२ प ७५२५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।