logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि, १११२ जना डिस्चार्ज


अंकुरण खबर
858
Shares

नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिनेमा ३२० जना महिला र ८०० जना पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

संक्रमितमध्ये आज मात्रै कोरोनालाई जितेर १११२ जना घर फर्किएका छन् । योसँगै (निको) डिस्चार्ज हुनेको कुल संख्या २३ हजार २९० पुगेको छ । संक्रमणबाट २५१ जनाको मृत्यु भएको छ ।