logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

गण्डकी प्रदेशका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
793
Shares

गण्डकी प्रदेशका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीमा २३, नवलपुरमा सात, लमजुङमा चार जना र तनहुँमा एकजनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सशस्त्र प्रहरी गण पोखराका २० सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसमेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ४५ पुगको छ ।