logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालका यी ७ जिल्ला जो कोरोना संक्रमणमुक्त छन !


अंकुरण खबर
897
Shares

नेपालका ७७ वटा जिल्ला मध्ये ७ वटा जिल्ला कोरोना संक्रमणमुक्त बनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालका ७ जिल्लामा सबै कोरोना संक्रमितहरु निको भएको जानकारी दिएका हुन् ।

हालसम्म कोरोना संक्रमित शून्य हुने जिल्लाहरुमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ रहेका छन् ।

नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।