logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुखद खबर : एकै पटक चम्ल्याहा बच्चा जन्माएकी आमाको निधन


अंकुरण खबर
1.898K
Shares

एकैपटक चम्ल्याहा बच्चा एक छोरा र तीन छोरीलाई जन्म दिएकी धनुषाका एक आमाको मृत्यु भएको छ ।

विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ जनकपुरधामस्थित काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी थिइन् । उनले मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि शवासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको छ ।

महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले जानकारी दिएका छन् ।