logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन १११२ जना डिस्चार्ज, योसँगै निको हुनेको संख्या २३,२९० पुग्यो


अंकुरण खबर
2.21K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना भाइरसको सङ्क्रमण निको भएर घर फर्किएका छन् ।

योसँगै अहिलेसम्म २३ हजार दुई सय ९० जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सङ्ख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो ।

मन्त्रालयका अनुसार प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् ।

सङ्क्रमितमध्ये सघन उपचार कक्ष ९आईसीयू० मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही रहेका छन् ।