वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार राति गरिएको पीसीआर परीक्षणमा प्रदेश २ का तीन जिल्ला पर्सा, बारा र रौतहटका गरी थप १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये सबैभन्दा बढी प्रर्सा जिल्लाका बासिन्दा रहेका छन् । संक्रमण देखिनेमा डेढ वर्षका बालकदेखि ८० वर्षका वृद्ध सम्म रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
उनका अनुसार प्रदेश नम्बर २ का विभिन्न ठाउँबाट स्वाब संकलन गरिएकोमा बुधबार राति ५ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा पर्साका ६९, बाराका २४ र रौतहटका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।