logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यका छिर्न पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य हुनुपर्ने


अंकुरण खबर
2.067K
Shares

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ चाहिने निर्णय गरेको छ ।

अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेशमा जनाइएको छ ।

स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

बुधबारको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो।

औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्ने जस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेसँग पनि अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । पुनः एक साता थपेको निषेधाज्ञा यही भदौ २४ गते राति १२ बजेसम्म कायम रहनेछ ।