logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनको मूल्य


अंकुरण खबर
1.118K
Shares

नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९६ हजारमा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।