नेपालगन्ज बाँकेमा बिहीबार ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जसममा १७ जना सेना पनि छन् । नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १–१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् ।
बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।