logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङ बाढी पहिरो : राहत बोकेर गृहमन्त्रीको टोली बागलुङ प्रस्थान


अंकुरण खबर
1.586K
Shares

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ७ र ९ मा बाढी तथा पहिरो पीडितका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

गृहमन्त्री बादलसहितको टोली बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी तथा पीहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

गृहमन्त्री थापासँगै संघीय सांसद एवम् नेकपा नेता देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोखरेल लगायत बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।

अविरल वर्षासँगै सुर्कुदुङस्थित भुजी खोलामा आएको बाढीले बुधबार राति ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का तटीय क्षेत्रमा रहेका घर बगाउँदा ८ जनाको मृत्यु भएको छ ।

बाढीले करिब ३६ जना बेपत्ता भएका खुलेको छ । बाढीले बगाएकामध्ये ११ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेकामध्ये १ जना मृतकको पहिचान खुलेको छ । मृतक मध्ये ढोरपाटन नगरपालिका वडा नम्वर ९ की २६ वर्षिया केशमाया पुनको मात्रै पहिचान खुलेको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको स्थानीयले जानकारी दिएका छन ।