रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप हुदा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्न नहुने भन्दै प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्न उपस्थितसँग झडप भएको हो ।
कोरोना संक्रमणका कारण विभिन्न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरेका थिए । तर ललितपुरको पुल्चोकमा रथ तान्नका उपस्थित भएका सयौं सर्वसाधारण र प्रहरीबीच झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास प्रहारसँगै पानीका फोहोरा पनि फ्याँकेको छ ।
कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।
सर्वसाधारणको भिड नहोस् र संक्रमण नफैलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो (बुधबार) मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।