logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाख्रा चराउन गएकी १५ वर्षीया किशोरी बलात्कृत, ३ जना युवक नियन्त्रणमा


अंकुरण खबर
1.807K
Shares

धनुषाको घरबाट बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजे घरबाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेका थिए ।

प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेका हुन् ।

पीडित पक्षले घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न आरोपमा ३ जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।