logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसम खराब : बागलुङ जान नसकेपछि पोखराबाट काठमाडौं फर्कियो गृहमन्त्रीसहितको टोली


अंकुरण खबर
1.495K
Shares

बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका लागि बागलुङ उडेको गृहमन्त्री रामबहादुर थापा (बादल) सवार हेलिकोप्टर त्यहाँ जान नसकेपछि काठमाडौं फर्किएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ मा बाढी तथा पहिरो पीडितका लागि राहात बोकेर गएका गृहमन्त्री थापा सहितको टोली चढेको हेलिकोप्टर खराब मौसमका कारण त्यहाँ पुग्न नसकेपछि काठमाडौं फर्किएको हो ।

गृहमन्त्री बादलसहितको टोली बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी तथा पीहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेकामा खराब मौसमका कारण स्याङ्जाबाट पोखरा फर्किएको थियो ।

केही समय पोखरा विमानस्थलमा रोकिएको गृहमन्त्री बादलको टोली मौसम खुल्ने संकेत नमिलेपछि काठामाडौं फिर्ता भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा घटनास्थलतर्फ प्रस्थान गरेको हो ।

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोले बगाएकामध्ये ११ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव फेला परेकामध्ये १ जना मृतकको पहिचान खुलेको छ ।

मृतक मध्ये ढोरपाटन नगरपालिका वडा नम्वर ९ की २६ वर्षिया केशमाया पुनको मात्रै पहिचान खुलेको हो । अन्य बेपत्ताहरुको प्रहरीले खोजि गरिरहेका जनाएको छ ।