logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु


अंकुरण खबर
1.872K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आज विहानका लागि तय भएको बैठक अपराह्न तीन बजेका लागि सारिएको थियो ।

राष्ट्रिय सभामा मनोनित गर्ने व्यक्तिबारे आजको बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल शनिवारदेखि सकिन लागेसँगै नेकपामा कसलाई मनोनित गर्ने भन्ने विवाद देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् भने प्रचण्ड लगायत बहुमत नेता उपाध्यक्ष गौतमलाई लैजाने यसअघिको निर्णय कार्यान्वयमा जोड दिइरहेका छन् ।