नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जसमध्ये ३९४ जना महिला र ८३४ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । संक्रमितमध्ये २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ । आज मात्रै कोरोनालाई जितेर ९१७ जना घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपालमा ७ लाख ३१ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।