logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४४५ जना कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये काठमाडौंका ५ हजार ५३३, ललितपुरका ८३१ जना र भक्तपुरका ५७६ जना छन्। योसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको छ ।

केही दिनयता उपत्यकामा संक्रमण दर बढ्दो क्रममा छ ।