logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्दोलनकारीद्वारा प्रहरी कुटिए, मोटरसाइकल जलाइयो


अंकुरण खबर
1.846K
Shares

ललितपुरमा अग्रपंक्तिमा खटिएका एक ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट भएको छ भने उनी सवार मोटरसाइकल जलाइएको छ ।

रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको हो ।

आन्दोलनकारी युवाहरुले प्रहरीको मोटरसाइकल जलाएका छन् । निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए । ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए ।

दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।