logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोंगबु हत्याकाण्ड : अभियुक्त कल्पना पुर्पक्षका लागि कारागार चलान


अंकुरण खबर
1.846K
Shares

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार थुनछेक बहसपछि कल्पनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले कल्पनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए।

कल्पनामाथि रोल्पाको रुन्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको गत साउन २५ गते हत्या गरेको अभियोग लागेको छ । बोहरालाई आफ्नै कोठामा बोलाएर कल्पनाले मासु, चिउरा, निद्रा लाग्ने ट्याब्लेट मिसाएर दही तथा रक्सी खान दिएर विभत्स ढंगले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।