logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुल्चोक झडप : ३ पत्रकार, ७ प्रहरीसहित स्थानीय घाइते


अंकुरण खबर
1.872K
Shares

निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र स्थानीय युवाहरुबीच भएको झडपमा तीनजना पत्रकार, ७ जना प्रहरीसहित केही स्थानीय  घाइते भएका छन् ।

युवाहरुले हानेको ढुंगा लागेर एएफपीको फोटो पत्रकार प्रकाश माथेमा, एपीका निरन्जन श्रेष्ठ र अन्‍नपुर्ण पोष्टका सुनिता डंगोल घाइते भएका छन् ।

स्थानीयको ढुंगामुढाबाट इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ । यस्तै केही स्थानीय पनि घाइते भएका छन् ।

स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको रथ यात्रा सुरु गर्न बिहीबार बिहानदेखि नै पुल्चोकमा केही युवाहरु जम्मा भएका थिए । उनीहरुले त्यहाँ केही समयमै रथ तान्‍न सुरु गरेपछि प्रहरीले उनीहरुलाई रोक लगाएको थियो ।