logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए ४० कोरोना संक्रमित


अंकुरण खबर
1.274K
Shares

गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक-एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।