logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको दहचोकमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ


अंकुरण खबर
1.144K
Shares

काठमाडौंको दहचोकमा एक १९ वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी हुन् ।

प्रहरीले सामूहिक बलात्कार गर्ने २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक युवतीमाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको वृत्तले जनाएको छ ।