logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा ९ दिनदेखि भेन्टिलेटरमा रहेका कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
767
Shares

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका-८ निवासी ७८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएका उनलाई कोरोना पोजिटिभ देखिएपछि अस्थायी कोरना अस्पतालको आइसियुमा राखेर उपचार सुरु गरिएको थियो ।

तर अवस्था गम्भीर भएपछि उनी ९ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए ।