धादिङमा एक युवकले एक वृद्धको टाउको काटेर हतियार र टाउकोसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका हुन् ।
स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई विहीबार बेलुका खुर्पाले हानेर हत्या गरेको स्वीकार्दै टाउको बोकेर जिप्रका पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको र राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।
प्रहरीले राजुलाई नियन्त्रणमा लिएर घटनास्थलमा पुगी मुचुल्का उठाउने काम गरेको छ । प्रहरीले शवलाई सदरमुकाम धादिङबेसी ल्याएर पोस्टमार्टमका लागि अस्पताल पु¥याएको छ ।