logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केन्द्रीय कारागारका ३ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.209K
Shares

केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

भाद्र १६ गते मृत्यु भएका तीन जना कैदीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका तीन पुरुषको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुने कैदी बझाङ, पाल्पा र सिरहाका हुन । यसअघि मेघा अस्पतालमा मृत्यु भएका एक कैदीको पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै केन्द्रीय कारागारमा कोरोनाबाट मृत्यु हुने कैदीको संख्या चार पुगेको छ । कारागारका पचास भन्दा बढी कैदी र सोही संख्यामा प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।