logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण


अंकुरण खबर
1.898K
Shares

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।

कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेका छन् । थापा लगायत अन्य १६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी संक्रमित भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी गरिएको छ ।