logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा दुई सातापछि थपिए कोरोना संक्रमित


अंकुरण खबर
1.43K
Shares

स्याङजामा करिब दुई सातापछि नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले निकालेको पछिल्लो प्रेस विज्ञप्तिअनुसार स्याङ्जाको आँधीखोलागाँउपालिका–१ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित पुरुष जिल्ला सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत विभिन्न मुद्दाहरू चलाउने काम गर्दै आएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अब कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिनेछ । सरकारी वकिलको कार्यालय जिल्ला प्रशासन कार्यालय स्याङजाको परिसरमा छ । स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमित व्यक्ति केही दिनदेखि अस्वस्थ्य भएपछि आफ्नै घरमा बस्दै आएको जानकारी दिए ।

स्याङजामा बुधबारसम्म ३ सय ११ जनामा कोरोना संक्रमण भएकोमा ३ सय ५ जना निको भएका छन्, भने २ जनाको ज्यान गएको छ त्यस्तै जिल्लामा सक्रिय संक्रमित ४ जना मात्रै छन् ।